चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिन नगर्न आह्वान

ललितपुर । महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेको पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ ।

मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले एक सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो ।

नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जारी गर्नुभएको सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी यसै महिनामा पर्ने कुशेऔँसी तथा हिन्दू महिला दिदीबहिनीको महान पर्व हरितालिका तीज र ऋषिपञ्चमी पर्वमा चेलीबेटीलाई घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन आह्वान गरिएको छ ।

यसैगरी ललितपुर महानगरपालिका-२४ ले आआफ्नै घरमा बसेर तीज र ऋषिपञ्चमी मनाउन अनुरोध गरेको छ । वडाध्यक्ष दिनेश कार्कीले सोमबार एक सूचना जारी गरेर नागदहमा प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन मेला लाग्ने गरेकाले यस वर्ष नागदहस्थित ऋषि मन्दिर बन्द हुने हुँदा आ-आफ्नै घरमा बसेर तीज र पञ्चमी मनाउन महानगरवासीलाई आग्रह गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस