विराटनगरकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

विराटनगरकी कोरोना संक्रमित एक महिलाको आइतवार धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर- २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएकाे हो । ति महिलालाइ श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरानमा रेफर गरेको थियो । उनको राति करिब १२ : ३० मा मृत्यु भएको हाे ।

फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी ती महिलाको दिल्लीमा मुटुको उपचार पनि भएको थियो । पछिल्लोपटक ४-५ दिनदेखि अत्यधिक ज्वरो आउने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि आफन्तले अस्पताल भर्ना भएकी थिइन् ।

अब विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस