महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ८१७ प्रतिशत बृद्धि

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आ.व. २०७६ / ०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीले खुद नाफा ८१७ प्रतिशतले बढेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ८६ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले २५ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च ८ करोड ७७ लाख रुपैयाँबाट  बढेर २७ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

कूल लगानी ४० प्रतिशतले बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ भएको यस कम्पनीको जीवन  बीमा  कोषमा ८१ करोड ६ लाख रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा २५ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीकोजगेडा कोषमा ६८५ प्रतिशतले बढेर ८ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस