भारतमा एकैदिन कोरोनाबाट एक हजारको मृत्यु, ६२ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट एक हजार ७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४४ हजार ४८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ६४ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख नाघेको छ । भारतमा कुल संक्रमित २२ लाख १५ हजार ७५ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १५ लाख ३५ हजार ७४४ जना ठिक भएका छन् भने ६ लाख ३४ हजार ९४५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ४५ लाख ८३ हजार ५५८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४ लाख ७७ हजार २३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री