गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० पुगेको छ ।

गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५६३ नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जना संक्रमित थपिएका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ नमुना परिक्षण भएको हो ।

जसमा क्षयरोग उपचार केन्द्र, पोखरामा नवलपुर (ब.सु.पू.) ९, तनहुँ ५९, लमजुङ ३०, स्याङजा १५६, पर्बत ४२, बाग्लुङ २५, म्याग्दी १०६ र कास्की १३६ नमुना परिक्षण भएको जानकारी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकले जानकारी दिए ।

जसमा नवलपरासी पूर्व, तनहुँ र कास्कीमा २-२ जना तथा पर्बत र स्याङजामा एक एक जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम निगेटिभ आएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४७० पुगेको छ, जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस