नेपालमा १५ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर नघेपनि निको हुनेको संख्या भने बढ्दै गएको छ । हालसम्म पुष्टि भएका २१ हजार ३९० कोरोनाभाइरस संक्रमितमध्ये १५ हजारभन्दा बढी निको भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १५६ पुगेको छ । उपचाररत् संक्रमितको संख्या ६ हजार १७४ छ । अहिलेसम्म ६० जनाको मृत्यु भएको छ ।

दैनिक नयाँ संक्रमित भेटिने संख्यामा उतारचढाव भइरहेको छ । हिजो ३८१ जना नयाँ संक्रमित थपिए । मंगलबार २५९ र सोमबार ४१८ नयाँ संक्रमित भेटिएका थिए ।

नेपालका छिमेकी राज्य भारतको उत्तर प्रदेश र विहारमा संक्रमितको संख्या लगातार बढिरहँदा नेपाल पनि जोखिममा परेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री