भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर-चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
स्कुटरको ठक्करबाट भनपा-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । स्कुटरले उनलाई हिजो दिउँसो करिब २:२० बजे ठक्कर दिएको थियो ।
प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे सुवालको मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए ।
प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा-६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस