काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९०४ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४० हजार ६९९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार २८२ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा अहिलेसम्म एकै दिन संक्रमित भएको सबै भन्दा ठुलो संख्या हो ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १९ लाख नाघेको छ । भारतमा कुल संक्रमित १९ लाख ६४ हजार ५३७ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३७ जना ठिक भएका छन् भने ५ लाख ९५ हजार ५०१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड २१ लाख ४९ हजार ३५१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६ लाख ६४ हजार ९४९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।




