सांग्रिला डेभलपमेन्ट बैंककाे घर कर्जा याेजनामा कोरोना र दुर्घटना बीमाको सुविधा पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि‘सांग्रिला घर कर्जा’  योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा  एक वर्षसम्म व्याजदर घटबढ नहुने गरी बैंकले यो योजना ल्याएको हो ।

योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन् ।

साथै, यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री