काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । केही दिनअघि राप्रपा त्याग गरेका उनी आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्न लागेका हुन् ।
नेपाली कांग्रेसले थापालाई सहमहामन्त्री र उनीसँगै प्रवेश गर्ने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको छ । थापा समूहका नेता एवं राप्रपाका पूर्वप्रवक्ता किरण गिरीले आज दिउँसो ३ बजे कांग्रेस प्रवेशको तयारी रहेको बताए । कांग्रेसले अन्य पार्टीबाट आउनेहरूसँग वार्ता र उनीहरूको व्यवस्थापनका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति बनाएको छ ।
सो समितिले सोमबार साँझ समझदारी टुङ्ग्याउने र मंगलबार उनीहरुलाई पार्टी प्रवेश गराउने तयारी छ । यसअघि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखे पनि सबैलाई पद दिन नसक्ने कांग्रेसले जनाएको छ । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका थिए ।
प्रतिकृया दिनुहॊस