यी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुँदा वर्षा भएको हो ।

दिउँसो देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन १३ गते (मंगलबार)
दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

साउन १४ गते (बुधबार)
दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ।प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ।गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साउन १५ गते (बिहिबार)
दिउँसोः देशभर साधारणतया देखि अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर साधारणतया देखि अधिकांश बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीले डुबेको केन्द्रीय कार्यालय हेर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको …

प्रतिकृया दिनुहॊस

This will auto close after