सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा काम गर्न नपाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । सरकारी चिकित्सकहरूले प्राइभेट प्राक्टिस अर्थात् निजी क्लिनिकमा काम गर्न नपाउने भएका छन् ।

मन्त्रालयले सरकारी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत दरबन्दी लिएको सरकारी अस्पतालमा भन्दा निजी क्लिनिक तथा निजी अस्पतालमा बढी समय दिन थालेको गुनासो धेरै आएपछि यस्तो निर्णय लिएको हो ।

मन्त्रालयले सो निर्णय गर्दै देशभरकार सम्पूर्ण सरकारी अस्पताल तथा प्रतिष्ठानहरूलाई परिपत्रसमेत गरिसकेको छ । मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ- ‘यस मन्त्रालय अन्तर्गतका विभाग, केन्द्र, प्रतिष्ठान र संघ प्रदेश स्थानीय र केन्द्रीय तहका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाको प्रमुख र कार्यकारी जिम्मेवारी रहेकाहरूले निजी प्राक्टिस नगर्ने र यदि यसभन्दा अगाडि गर्दै आएका पूर्व स्वीकृत लिएको भए अब सबै स्वतस् खारेज हुनेछ ।’

यस्तै, अब सरकारी चिकित्सकहरूले कुनै पनि निजी स्वास्थ्य संस्थामा आफू कार्यरत संस्थाको नाम निजी क्लिनिकमा लेख्‍न पनि नपाउने निर्णय गरेको छ । यस्तो छ परिपत्र :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस