सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८२ पुग्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ हजार ८२ पुगेको छ । आइतबार १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४ हजार ८२ पुगेको हो ।

प्रदेशभर सबैभन्दा बढी कैलालीमा १ हजार ७५ जना संक्रमित रहेका छन् । दोस्रो अछाममा ६५१ संक्रमित रहेका छन् भने दार्चुलामा सबैभन्दा कम संक्रमित २० जना रहेका छन् । त्यस्तै बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४९, डडेलधुरामा २९५, डोटीमा ६०५ र कञ्चनपुरमा ५१३ जना संक्रमित रहेका छन् ।

संक्रमित ४ हजार ८२ मध्ये हालसम्म २ हजार ७५१ जना संक्रमणमुक्त भइ डिस्चार्ज भइसकेका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । त्यहाँ अहिले ४ हजार ६ सय ९६ जना क्वारेन्टिनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस