सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८२ पुग्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ हजार ८२ पुगेको छ । आइतबार १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४ हजार ८२ पुगेको हो ।

प्रदेशभर सबैभन्दा बढी कैलालीमा १ हजार ७५ जना संक्रमित रहेका छन् । दोस्रो अछाममा ६५१ संक्रमित रहेका छन् भने दार्चुलामा सबैभन्दा कम संक्रमित २० जना रहेका छन् । त्यस्तै बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४९, डडेलधुरामा २९५, डोटीमा ६०५ र कञ्चनपुरमा ५१३ जना संक्रमित रहेका छन् ।

संक्रमित ४ हजार ८२ मध्ये हालसम्म २ हजार ७५१ जना संक्रमणमुक्त भइ डिस्चार्ज भइसकेका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । त्यहाँ अहिले ४ हजार ६ सय ९६ जना क्वारेन्टिनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री