विषालु च्याउ खादा बालकको मृत्यु, चार जना बिरामी

डडेल्धुरा । डडेल्धुरामा विषालु च्याउ खादा बालकको मृत्यु भएको छ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खादा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो ।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ ।

यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन । उनीहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस