वीरगन्जमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट  एक जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट वीरगन्ज महानगरपालिका- ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो।

केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी उनलाई साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि  बिहीबार (हिजो) एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान  ७ बजे उनको मृत्यु बताईएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री