पर्सामा चार भारतीय थुनुवासहित ३२ जनामा कोरोना पुष्टि

काठमाडौं । पर्सामा ४ भारतीय र १ नेपाली थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितमा ३६ जना पर्साको रहेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार अन्यमा ४ भारतीय थुनुवा हुन् भने बारा र सर्लाहीका १-१ जनामा कोरोना पुष्टि भएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि हो ।

संक्रमण पुष्टि भएका सबैको ट्राभल हिस्टी छैन । ट्राभल हिस्ट्री नभएकाहरुलाई धमाधम संक्रमण पुष्टि हुन थालेपछि पर्सामा समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने नारायणी उपक्षेत्रिय अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले बताए ।

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ । संघले विज्ञप्ति जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds