कञ्चनपुर । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस भिमदत्त नगर समितिले वृक्षारोपण तथा फलफुल वितरण गरेको छ । जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा आज वृक्षारोपण तथा फलफुल वितरण गरिएको हो ।कांग्रेसका विशिष्ठ नेताहरुको उपस्थितीमा सालिकमा माल्य अर्पण, भृकुटी उच्च माध्यामिक विद्यालय परिसरमा वृक्षारोपण तथा बाल अनाथलयमा फलफूल, बिस्कुट र चाउचाउ वितरण गरिएको महिला विभाग कञ्चनपुरकी सचिव लक्ष्मी मल्लले जानकारी दिनुभयो ।सो कार्यक्रममा नगर सभापति पदमराज अवस्थी, पूर्व आमन्त्रित सदस्य गंगाराज जोशी, यज्ञराज जाशी, पार्टी सचिव, दिवाकर पाण्डे पार्टीका महिला नेतृलगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कांग्रेसले हरेक वर्ष साउन ६ गतेका दिन नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी)को स्मृति दिवस मनाउँदै आएको छ ।
बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । बीपीकोको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
यॊ पनि हेर्नुहॊस
बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्त
काठमाडौं । सुनसरीको इटहरी–१३ स्थित खनारमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा …
प्रतिकृया दिनुहॊस