काठमाडौं । हिमालयन बैंकले बैंकको माहाराजगंज शाखा मार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाण्डौ स्थित “कान्ती बाल अस्पताल” लाई सहयोग प्रदान गरेको छ ।
बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
उक्त मेशिन मर्मत संभार गर्न बैंकले रु. १ लाख ४२ हजार ९ सय ४५ रुपिया प्रदान गरेको छ ।
बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरे ।
प्रतिकृया दिनुहॊस