धादिङमा पहिरो : एकै घरका तीनजनाको मृत्यु

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ ।

धादिङका प्रवक्ता डीएसपी रुपक खड्काका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको डीएसपीखड्काले जानकारी दिए ।

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री