एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

काठमाडौं ।  एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिनसक्ने जनाइएको छ।

प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्कभित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ।

प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समय अवधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।

ग्राहकले ७ दिन समयसीमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहित मात्र रु ९५.७७ मा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रतिदिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् ।

त्यस्तै १५ दिनको प्याकमा ग्राहकले करसहित १९१.५४ मा १,८७५ मिनेट अन नेट टक टाइम पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्ने जनाइएको छ।

साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ ।

यसअन्तर्गत ग्राहकले कर सहितमात्र रु ३८१ं.७९ मा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्नेछन्।

यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्नेछन्। यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस