दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि आफ्नो खाता आफै संचालन गर्ने ,नगद काउन्टर तथा ए टि एम मेसिनबाट पनि आफै रकम निकाल्न सक्ने सुबिधा सहितको “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । यो  नेपालमै पहिलो पटक सुरुवात गरिएको बैंकले जनाएको छ  ।

ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था  गरिएको छ ।

खाता शुन्य मौज्दातमा खोली उच्चतम् प्रतिफल प्राप्त गर्नुका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिने बैंकले जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री