नेपाल एसबिआई बैंकका ग्राहकले टेस्ला क्लिनिकमा छुट पाउने

काठमाडौं ।   नेपाल एसबिआई बैंकका ग्राहकाले टेस्ला डाईग्नोस्टीक क्लिनिकको सेवामा छुट पाउने भएका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा  ग्राहकले उक्त क्लिनिकको प्याथोलोजी तथा रेडियोलोजी सेवा लिदा १० प्रतिशत छुट पाउने छन् ।

उक्त सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छपि राज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप