बाह्रबिसे नगरपालिकामा बाढी अपडेट : दुईको मृत्यु,२० जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढी परी दुईको मृत्यु  भएको छ   भने २० जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका- ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले १५ घर बगाउँदा २ जनाको मृत्यु भएको हो ।

बाढी आउँदा बाह्रबिसे नगरपालिका-५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको छ ।

त्यसैगरी  बाढीपहिरोमा परी घाइते भएकामध्ये एक जनाको उद्धार गरिएको छ। पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ ।

खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएको   छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री