भाटभटेनी मनी ट्रान्स्फरमा नयाँ योजनाः मनिग्रामाबाट पठाएको पैसा भाटभटेनीमा पाउ उपहार जितौं

काठमाडौं । भाटभटेनी सुपरस्टोर प्रवद्र्धक रहेको भाटभटेनी मनि ट्रान्सफरले आइपे सँगको सहकार्यमा नयाँ योजना सुरु गरेको छ ।

मनी ट्रान्सरफरले यही  असार १७ देखी भाद्र ३० गते सम्म ‘मनिग्रामबाट पठाएको पैसा लिउँ र रु २० हजारको सपिङ्ग भौचर प्राप्त गरांै ।’ भन्ने नयाँ योजना सुरु गरेको हो ।

यस योजना अन्तर्गत विश्वको कुनै पनि स्थानबाट मनिग्रामा मार्फत आएको रकम भाटभटेनी सुपरस्टोरमा भएको भाटभटेनी मनी ट्रान्सफरको भूक्तानी केन्द्रबाट प्राप्त गरेको हुनु पर्नेछ । यस योजना अन्तर्गत एक जना भाग्यशाली बिजेतालाई लक्की ड्र मार्फत पुरुस्कार प्रदान गरिने छ ।

भाटभटेनी मनी ट्रान्सफरमा कोरियाको क्रस रेमिट मार्फत पठाएको रकम पाउनुको साथै हप्ताको ७ दिननै खातामा जम्मा हुने तथा सानिमा रेमिट, हिमाल रेमिट, सिभिल रेमिट लागाएत नेपालभित्र रकम पठाउन र पाउन सकिने व्यवस्था छ ।

भाटभटेनी सुपरस्टोरमा भएको  भाटभटेनी मनी ट्रान्सफरको भूक्तानी केन्द्रबाट ५० भन्दा धेरै बैंक खातामा तुरुन्त रकम जम्मा गर्न सकिने  साथै नेपालभरी २५०० भन्दा धेरै स्थानमा रकम पठाउन र पाउन, खल्ती तथा सेल्पे वालेट बाट भाटभटेनीमा रकम पठाउन सकिने मनि ट्रान्सफर प्रालिका कार्यकारी ब्यवस्थापक मुनाल जंग कार्कीले जानकारी गराए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस