काठमाडौं । लिडरसिप डेभलोपमेन्ट एलाईन्स काठमाण्डौको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ ।
कोराभि १९ का कारण उत्पन्न रगतको अभाबलाई मध्येनजर गर्दै एलाईन्सले रेडक्रस सोसाईटी केन्द्रीय रक्त सञ्चार केन्द्र काठमाण्डौसँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मेघा कलेजको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको एलाईन्सका संस्थापक विनोद कुमार वोगटीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री प्रकासशरण महत प्रमुख अतिथी, विशिष्ट अतिती नेपाल विद्यार्थी संघका सभापति राजिब ढुङ्गाना र चार्टड एकाउन्टेड आनन्द शर्मा वाग्ले, अतिथीमा दिपक पाण्डे, रमेत धिताल र राजु ढकाल रहेका थिए । रक्तदान कार्यक्रममा एक सय जनाको उपस्थिती रहेको एलाईन्सका संस्थापक आशिषचन्द्र न्यौपानेले जानकारी दिएका छन् ।



