लिडरसिप डेभलोपमेन्ट एलाईन्सले गरेको रक्तदानमा ५० पिन्ट रगत संकलन

काठमाडौं । लिडरसिप डेभलोपमेन्ट एलाईन्स काठमाण्डौको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ ।

कोराभि १९ का कारण उत्पन्न रगतको अभाबलाई मध्येनजर गर्दै एलाईन्सले रेडक्रस सोसाईटी केन्द्रीय रक्त सञ्चार केन्द्र काठमाण्डौसँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मेघा कलेजको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको एलाईन्सका संस्थापक विनोद कुमार वोगटीले जानकारी दिए ।रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री प्रकासशरण महत प्रमुख अतिथी, विशिष्ट अतिती नेपाल विद्यार्थी संघका सभापति राजिब ढुङ्गाना र चार्टड एकाउन्टेड आनन्द शर्मा वाग्ले, अतिथीमा दिपक पाण्डे, रमेत धिताल र राजु ढकाल रहेका थिए । रक्तदान कार्यक्रममा एक सय जनाको उपस्थिती रहेको एलाईन्सका संस्थापक आशिषचन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस