काठमाडौं । नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
बिहीबार राष्ट्रियसभामा संविधान संशोधन विधेयक माथिको छलफलपछि भएको मतदानमा उपस्थित सबै ५७ सांसदले संशोधनको पक्षमा मतदान गरेका थिए ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक प्रतिनिधिसभाबाट गत शनिबार सर्वसम्मतिले पारित भैसकेको छ ।
तपाईंको प्रतिकृया



