काठमाडौं। इटालीमा मुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले त्यहाँको बैंकबाट पुरै पैसा भुक्तानी पाएको छ । बैंकले दुई किस्तामा गरी कूल २ अर्ब १० करोड बराबरको पैसा फिर्ता पाएको हो ।
तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंककाे उक्त रकम फसेको थियो ।
बैंकले इटालीको अदालतमा परेको मुद्दा केहि समय अगाडि जितेको थियो ।
तपाईंको प्रतिकृया




