राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

काठमाडौं । नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार राष्ट्रियसभामा संविधान संशोधन विधेयक माथिको  छलफलपछि भएको मतदानमा उपस्थित  सबै ५७ सांसदले   संशोधनको पक्षमा मतदान गरेका थिए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक  प्रतिनिधिसभाबाट गत शनिबार  सर्वसम्मतिले पारित भैसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री