काठमाडौं । सानिमा बैंकले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख रुपयाँ सहयोग गरेको छ ।
बैंकले जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिहरु लक्षित “अपा¨ता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम” मार्फत् अपांगता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि सो सहयोग रकम उपलब्ध गराएको हो ।
अपा¨ता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउनमा उक्त सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपा¨ता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ।
तपाईंको प्रतिकृया




