कोरोना भाइरस : विश्वभर संक्रमितको सख्या ७३ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार  ६ सय २७  जना पुगेको छ भने ७३ लाख १६  हजार ९ सय ४४  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ३६ लाख २ हजार ५ सय २  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १४ हजार १ सय ४८ जनाको, बेलायतमा ४० हजार ८ सय ८३ जनाको , ब्राजिलमा ३८  हजार ४ सय ९७ जना र इटालीमा ३४  हजार ४३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ७६ हजार १ सय ४६ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७ हजार ७ सय ५०  जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार  ८६ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप