काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख ९ हजार १ सय ८ जना पुगेको छ भने ७२ लाख १९ हजार १ सय ८७ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि ३५ लाख ५४ हजार ८ सय ३७ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।
अमेरिकामा हालसम्म १ लाख १३ हजार ६१ जनाको, बेलायतमा ४० हजार ५ सय ९७ जनाको , ब्राजिलमा ३७ हजार ३ सय १२ जना र इटालीमा ३३ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ६७ हजार ६ सय १४ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७ हजार ४ सय ८१ जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




