गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाखामा गरिएको परीक्षणमा थप ३८ जना जनामा कोरोना पृष्टि भएको हो ।

नयाँ संक्रमितमा स्याङ्जाका १४, बागलुङका १०, गोरखाका १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४ जना छन् । स्याङजाको वालिङ नगरपालिकाका १८ देखि ५२ वर्षीय १३ जना पुरुष र स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय एक पुरुषमा कोरोना देखिएको छ ।

यसैगरीबागलुङको बडिगाड गाउँपालिकाका २२ देखि ५२ वर्षीय ९ जना पुरुष छन् भने बागलुङकै ढोरपाटन नगरपालिकाकान एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । गोरखाको गण्डकी गाउँपालिकाका २० देखि ४३ वर्षीय गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमा पनि कोरोना देखिएको हो ।

त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २० देखि ४५ वर्षीय ४ जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेकोे प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । ३८ जना थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री