विश्वभर ३३ लाख ४८ हजार मानिस निको भए, संक्रमित र मृतक कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ३३ लाख ४८ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विरण अनुसार ३३ लाख ४८ हजार ८ सय ६० जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ३ लाख ९८ हजार १४६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६८ लाख ४४ हजार ७ सय ९६ छ ।

सबैभन्दा धेरै अमेरिकामा १९ लाख ५३ हजार जनामा सङ्क्रमण देखिएकोमा १ लाख ११ हजार ४ सय ९० जनाको ज्यान गएको छ त्यहाँ ७ लाख भन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २९ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ भने ९ सय जनाको ज्यान गएको छ ।

अमेरिकापछि पछिल्लो समय ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ६ लाख ४५ हजार भन्दा धेरैमा सङ्क्रमण भएकोमा ३५ हजार भन्दा धेरैको ज्यान गएको छ । रुसमा एकैदिन ८ हजार ७२६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ४९ हजार ८३४ जना संक्रमित भएका छन् । ज्यान गुमाउनेको संख्या ५ हजार ५२८ पुगेको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टिसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ । एकैदिन अरू २८६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ६४९ पुगेको छ । भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस