काठमाडौं । लकडाउनको ७२ दिन भयो मानिसहरु आ-आफ्ना घर भित्र थुनिएका । अत्यावश्यक बाहेक व्यापार व्यवसाय ठप्प छ । विद्यालय कलेज बन्द ।
संक्रमितको संख्या बढ्दै छ। जति संख्यामा संक्रमितको संख्या बढिरहेको छ त्यो भन्दा बढी संख्यामा विदेशबाट मानिसहरु नेपाल भित्रिरहेका छन् । अर्थात् संक्रमणको खतरा बढ्ने निश्चित छ । त्यसैले सरकार अझै भन्दैछ, ‘घरभित्रै बस्नु । लकडाउन जारी छ ।’
तर, जनताको मुड भने सरकारको निर्णय भन्दा फरक देखिन थालेको छ । उनीहरु सरकारलाई लकडाउनको विकल्प खोज्न माग गरिरहेका छन् । यहाँ हामीले काठमाडौंको भद्रकालीदेखि त्रिपुरेश्वरसम्म जाँदा देखिएको दृश्य प्रस्तुत गरेको छौं । हेर्नुहोस् भिडियो…
तपाईंको प्रतिकृया



