केएमसी अस्पतालको सबै सेवा बन्द

काठमाडौं । काठमाडौं सिनामंगलस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

दुई बिरामी र दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको अस्पतालले सूचना जारी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप