काठमाडौं । सरकारले आउँदो ३ वर्षमा खर र फुसका छाना विस्थापित गर्ने भएको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ३ वर्षमा खर र फुसका छाना विस्थापित गर्ने बताए ।
यसको लागि आउँदो वर्ष १ लाख सुरक्षित आवास निर्माण गर्ने र यसको लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । प्रदेश जनता आवास कार्यक्रम यथावत रहेको छ । जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण हुने भएको छ ।
तपाईंको प्रतिकृया




