काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ३५ जनाको मृत्यु भएको छ भने १४ हजार २ सय ८८ जना संक्रमित भएका छन् ।
यो सगैं ब्राजिलमा संक्रमितको सख्या २ लाख ५५ हजार ३ सय ६८ जना पुगेको छ भने १६ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ।
ब्राजिलमा हालसम्म निको भएका बिरामीहरुको संख्या १ लाख ४ सय ५९ जना छन् ।
त्यसैगरि ८ जार ३ सय १८ जना गम्भीर रहेका छन् भने सक्रिय बिरामी सख्या १ लाख ३८ हजार ५६ जना रहेको छ ।
तपाईंको प्रतिकृया



