बारामा आज पुष्टि भएका संक्रमित पत्रकार

बारा । नेपालमा थप एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको अपडेटमा बाराको करैयामाईका ३८ बर्षिय पुरुष संक्रमित भएको पुष्टि गरेको थियो ।

उनी बाराको कलैयास्थित स्थानीय एफएममा काम गर्ने पत्रकार रहेको बुझिएको छ । योसँगै बारामा चार जना कोरोना संक्रमित भएका छन् । योसँगै पर्सामा २, जनकपुरमा एक, उदयपुरमा एक र बारामा एक जना गरि ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।

बिहान बारासँगै रौतहटमा समेत गरी ९ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ भने हालसम्म २ जनाको मृत्यु भएको छ । ३६ जना उपचारपछि निको भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनमैजुमा ट्राफिक प्रहरीको मृत्यु प्रकरण : १३ वर्षीय बालकसहित ७ जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई हवाइ फायर …

प्रतिकृया दिनुहॊस

This will auto close after