भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा नेता  भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा  उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय १७ पुगेको छ भने कोरोना संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री