काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ६ सय ५५ जना पुगेको छ भने ३५ लाख ८५ हजार ६४ जना सङ्क्रमित रहेका छन् । त्यसैगरि, ११ लाख ६१ हजार ९ सय ९४ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली,बेलायत र स्पेन छ । अमेरिकामा हालसम्म ६८ हजार ६ सय ६ जनाको, इटालीमा २८ हजार ८ सय ८४ जनाको, बेलायतमा २८ हजार ४ सय ४६ जनाको र स्पेनमा २५ हजार२ सय ६४ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ४२ हजार ६ सय ७० जना कोरोना सङ्क्रमित छन् भने १ हजार३ सय ९५ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७५ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । ५९ जना उपचाररत छन् ।
तपाईंको प्रतिकृया




