काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो घरमै बसेर अनलाईन खाताखोल्न सकिने सेवाको स्तरोन्नत्ती गरेको छ ।
सर्वसाधारणलाई गुणस्तरिय सेवातथासुविधादिदैं आएको यस बैंकले सूचनाप्रविधिमाआएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचनाप्रविधिको विकाशक्रमलाई आत्मसाथगर्दै बैंकको वेबसाइटमार्फत अनलाईन खाताखोल्न सकिने सुविधालाईथप परिष्कृतरुपमाआफ्नो ग्राहकसामु प्रस्तुत गरेको छ ।
यो सेवाअत्यन्त सहज रहेको हुँदा, ग्राहकवर्गहरुले घरमै वसिबसि बैंकको जुनसुकै शाखाकार्यलयमाआफ्नो ईच्छा अनुसारको सर्वा्धिकउच्चब्याजदर सहितको बचत खातातथा मुद्दती निक्षेप खाताखोल्न सक्नेछन ।
उक्तखाताखोल्न साथग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।
यस अत्याधुनिकप्रविधिको प्रयोगबाट अनलाईन खाताखोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।
आगामीदिनहरुमापनिनयाँप्रविधिलाई आत्मसाथगर्दै नेपालीजनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमापुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमापनिग्राहकको सुविधाकालागिअत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिनबैंकिङ्ग सेवादिँदै आएको छ ।
कोरोना भाइरस कोभिड-१९ महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथामोबाइल बैंकिङ्गलगायतकाविद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
साथै यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ ।




