काठमाडौं । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा एक जना तथा नेपालगञ्जमा ९ जना गरि जम्मा १० जनामा आज कोरोना संक्रमण पुष्टी भएको हो । जसमा ६ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ५९ वर्ष उमेर समुहका रहेका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया




