काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिन नदिन मुलुकलाई लकडाउन गरेको छ ।
आफ्ना नागरिकलाई घरभित्रै बस्न बाध्य बनाउने तथा आर्थिक, सामाजिक गतिविधि ठप्प पार्ने राज्यको कुनै चाहना नभइ बाध्यता नै हो भने यसलाई इमानदारितापूर्वक पालना गर्नु सबै नागरिकको दायित्व हो ।
लकडाउन जारी रहँदा काठमाडौंका अधिकांश सडकहरु सुनसान छन् तर, पनि बिहान, बेलुका र दिउँसोको समयमा पनि कुनै कुनै ठाँउमा सवारी चलेका देखिन्छन् । उनीहरु अत्यावश्यक कामले निस्केका हुन् या लकडाउनको उल्लंघन गरेका हुन्, त्यो सम्बन्धित पक्षले छुट्याउने कुरा हो ।
तर, यो महामारीका बेला सडकमा सुरक्षाकर्मीको आँखा छलेर कुनै बहादुरी देखाइएको नभइ आफ्नो र परिवारको स्वास्थ्यमाथिको खेलवाड गरिरहेको छु भन्ने प्रत्येक नागरिकले बुझ्नु जरुरी छ । र अत्यावश्यक काम र सेवाका सवारीबाहेकलाई थप कडाइ गर्न आकश्यक छ ।
हेर्नुहोस् काठमाडौंको सडकमा जे देखियो :-



