डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई पढाउने

काठमाडौं । टेलिभिजन सेवाप्रदायक डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै कक्षा कार्यक्रम सुरु गरेको छ ।

डिशहोम र डियरवाल्कको सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्नेछ ।

डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं.११६ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ ।

त्यस्तै विगत ६ महिना भन्दा बढि समय देखि डिशहोम रिचार्ज नगर्ने पुराना ग्राहकहरुको लागि डिशहोमले बैशाख २१ गते देखिलागु हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराउने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य