हिमपहिरोमा हराएका कोरियाली नागरिकको शव भेटियो

काठमाडौं ।  गत माघ ३ गते कास्की अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक  कोरियाली नागरिकको शव भेटिएको छ ।

नेपाली सेनाको टोलीले हिमपहिरोमा बेपत्ता भएका एक जना कोरियाली नागरिकको शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको नेपाली सेनाले जनाएको छ ।

गत माघ २ गते अन्नपूर्ण गाउँपालिका -१ हिङ्कु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी ३ जना नेपाली गाइड र चार जना कोरियाली पर्यटक बेपत्ता भएका थिए । बेपत्ता भएका तीमध्ये दुई जना नेपाली गाइड र दुई जना कोरियाली पर्यटकको यसअघि नै शव भेटिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस