मेगा बैंकका ग्राहकलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

काठमाडौं । ईजी केयरले  मेगा बैंकले ग्राहकहरुलाई  विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी पुराइदिने भएको छ ।

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् ।

इजी केयरको वेभसाइट, टेलिफोन नम्बरहरु ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएप मार्फत ग्राहकहरुले इजी केयरलाई सम्पर्क गर्न सक्नेछन् ।

देशव्यापीरुपमा  लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगा बैंकले इजी केयरसँग सम्झौता गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री