काठमाडौं । सानिमा बैंकले कोरोना भाइरस (कोविड-१९) कोषलाई १ करोड ६८ लाख सहयोग गरेको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ ।
केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई १० लाख रुपैयाँका दरले ७० लाख सहयोग गरेको छ । बैंकका प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ-आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो ।
सबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।




