काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ८५ हजार १ सय ५६ जना पुगेको छ भने २६ लाख ५६ हजार ४ सय ५६ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ७ लाख २९ हजार ८ सय ७३ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ४७ हजार ६ सय ८१ जनाको, इटालीमा २५ हजार ८५ जनाको, स्पेनमा २२ हजार १ सय ५७ जनाको र फ्रान्समा २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २१ हजार ७ सय ९७ जना कोरोना सङ्क्रमित छन् भने ६ सय ८१ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ भने कोरोना संक्रमितमध्ये ९ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।





